काठमाण्डौ - यस शैक्षिक शत्रको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म हुने भएको छ ।
कोभिड १९ का कारण यो वर्ष झण्डै १ महिना ढिलो सुरू हुन गएको हो ।बुधवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा सञ्चालनको निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।