कमरेड श्रेष्ठको अध्यक्षता १ सय ४७ सदस्यीय नेकपा एकीकृत समाजवादी भिमफेदी गाउँपालिका नयाँ कमिटी गठन

image
आइतबार​, फागुन २२ २०७८

मकवानपुर, २१ फागुन/ मकवानपुरको भिमफेदी–४ चिउरीबगैंचामा कमरेड समिर श्रेष्ठको अध्यक्षतामा १ सय ४७  सदस्यीय नेकपा एकीकृत समाजवादी भिमफेदी गाउँपालिका नयाँ कार्यसमिति गठन गरिएको छ । पार्टीको भिमफेदी–४ मा भएको पहिलो गाउँ कमिटी अधिवेशनले गाउँपालिका भर बाट शनिबार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । 
समितिको उपाध्यक्षहरुमा कमरेड राजकुमार आचार्य, दिनेश पनेरु, तिल प्रसाद गुरुङ, सचिवमा करमेड सुनिले गोले, सह–सचिवमा कमरेड मन्दिरा चुनीलगायत अन्य सदस्यहरु चयन भएका छन् ।

 
“राम्रो विचार, मन र व्यवहार गर्ने पार्टी भनेकै समाजवादी पार्टी हो”, कार्यक्रमका प्रमुख अतिथि, एकीकृत समाजवादी स्थायी कमिटी सदस्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बताउनुभयो । उहाँका अनुसार हामीले चुनाव देशव्यापी रुपमा जित्ने छौं र नयाँ नेपालको सिर्जना गर्नेछौं बताउनुभयो । यस्तै कार्यक्रमका सभापति तथा भिमफेदी गाउँपालिका कमिटीका अध्यक्ष कमरेड समिर श्रेष्ठका अनुसार पार्टीको नयाँ चुनाव चिन्ह कलम रहेको र कलमले नै हरेक व्यक्तिलाई ज्ञानको ज्योति पुर्याउन सहयोग गर्ने भएकोले सबैले चुनाव चिन्ह कलममा भोट हाल्न आग्रह गर्नुभयो । उहाँले अरु पार्टीको भ्रममा नपरी समाजवादी पार्टीमा लाग्न समेत उपस्थित सबैमा अनुरोध गर्नुभयो ।

पार्टीका नवनियुक्त सचिव कमरेड सुनिल गोलेले संचालन गर्नुभएको कार्यक्रममा अतिथीहरु पार्टी जिल्ला कमिटी उपाध्यक्ष तथा हेटौंडा उप–महानगरपालिका उपमेयर कमरेड मिना लामा, कन्द्रीय निर्वाचन आयोगका अध्यक्ष कमरेड रामचन्द्र बल, जिल्ला कमिटी अध्यक्ष कमरेड श्रीधर पोखरेल, जिल्ला सचिव तथा भूमी आयोग अध्यक्ष कमरेड विष्णु दाहाल, जिल्ला सचिवालय सदस्य इन्चार्ज कमरेड शिवहरी बर्तौला, जिल्ला सचिवालय सदस्य कमरेड माधव तिमल्सिना, सचिवालय सदस्य तथा युवा संघ केन्द्रीय सचिवालय सदस्य कमरेड कविन पन्थ, सचिवालय सदस्य कमरेड राजाराम बोगटी, जिल्ला सदस्य तथा अनेरास्ववियु एकिकृत जिल्ला अध्यक्ष कमरेड अरुण बर्ताैला लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।