आजदेखि एस.ई.ई. परीक्षा सुरू

image
शुक्रबार​, बैशाख ९ २०७९

आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको सुरू भएको छ ।

कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो ।

परीक्षाका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । यस वर्ष ५ लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागी भएका छन् ।