असार,३० काठमाण्डाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीलेअभिव्यक्ति द्धन्दलाई बढावा दिने नियतले पे्ररित गरेको भन्दै मानव अधिकार तथा शान्ति समाजले निन्दा व्यक्त गरेको छ । असार २९ गते प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित एक औपचारिक कार्यक्रममा रामायणकालीन अयोध्या र रामका बारेमा दिनुभएको अति विवादास्पद एवं आपत्तिजनक अभिव्यक्तिको मानव अधिकार तथा शान्ति समाज निन्दा गरेको हो ।
नेपालमा सरकार, राजनीतिक समाज, नागरिक समाज कसैले पनि नउठाएको र कतै नसुनिएको विषयलाई प्रधानमन्त्री पदमा आसिन व्यक्तिले लहडका भरमा अनावश्यक रुपमा व्यक्त गरेका धारणाले उता करोडौँ मानिसहरुको आस्था र विश्वासमा चोट पुग्न सक्ने देखिन्छ भने यसैका कारण यता लज्जित हुनुपर्ने अवस्था पैदा भएको छ, समाजले एक विज्ञेप्तीमार्फत भनेको छ ।
प्रधानमन्त्री ओलीको अप्रमाणिक, असान्दर्भिक र अप्रासंगिक सो अभिव्यक्ति छिमेकका नागरिकलाई भड्काउने, शान्ति र सद्भाव खलबल्याउने एवं द्वन्दलाई बढावा दिने नियतले प्रेरित देखिन्छ जुन दुर्भाग्यपूर्ण रहेको शान्ति समाजका सभापति उत्तम पुडासैनी बताउनुभएको छ ।
यस्ता अभिव्यक्तिका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संयम गुमाएको प्रतित हुँदा केपी शर्मा ओलीको प्रधानमन्त्री पदमा निरन्तरता कति उचित ? भन्दै प्रश्न समेत उठाएको छ ।