साउन, २ काठमाण्डाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुन: स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउसो ३ बजेसम्मका लागि सारिएको थियो । तर पूर्वनिर्धारित ३ बजे पनि बैठक बस्न नसक्ने निर्णय गर्दै असार ४ गतेका लागि सारिएको नेकपाले जनाएको छ ।
दुई अध्यक्षबीच सहमति जुट्न नसकेका कारण यसअघि पनि पटकपटक बैठक स्थगित हुँदै आएको छ ।आन्तरिक किचलोका कारण नेकपा सकसमा छ । लामो समयपछि आज स्थायी कमिटी बैठक बस्ने आशा गर्दै नेकपाका स्थायी कमिटीका सदस्यहरु बिहान ११ बजे नै बैठक स्थल पुगेका थिए । तर अध्यक्षद्वय ओली र दाहालले छलफलका लागि समय माग्नुभएको थियो । यद्यपि ४ घण्टा पर सारेर दिउँसो ३ बजे बस्ने भनिएको बैठक पनि बस्न नसक्ने भएपछि नेताहरु फर्किएका छन् ।
पार्टी र सरकार संचालनमा केपी शर्मा ओली असफल भइसकेको भन्दै अध्यक्ष प्रचण्डसहित नेकपाका बहुमत नेताहरु दुवै पदबाट हट्नुपर्ने माग राख्दै आएका छन् । तर दुई अध्यक्षबीच सहमति खोज्न भन्दै निरन्तर बैठकमा हुनुहुन्छ ।