साउन,३ एजेन्सी। कोरोना भाइरस महामारीको डरले अफ्रिकामा बच्चाहरुका लागि खोप कार्यक्रमहरू जारी नराखेमा त्यहाँका लाखौं बच्चाहरूको मृत्यु हुन सक्ने अनुसन्धानकर्ताहरुले अनुमान लगाएका छन् ।बेलायत र स्विट्जरल्याण्डका अनुसन्धानकर्ताहरूले कम्प्युटर मोडलिङ मार्फत अफ्रिका ५४ देशहरूमा महामारीको अनुमान गरेका छन् । यस मोडेलका अनुसार यदि दादुरा र पहेंलो ज्वरोका लागि सामान्य खोप जारी रह्यो भने, कोरोना भाइरसको मृत्युको कुल तथ्यांकले ८ हजार थप मृत्युलाई थपिन सक्छ ।
यसका साथै अनुसन्धानकर्ताहरु भन्छन्, यदि खोप अवरोध भयो भने यसले बच्चाहरुमा जोखिम बढाउँनेछ र सात लाख भन्दा बढीको मृत्यु हुन सक्छ।