गुम्यो सरिता गिरीको सांसद पद

image
बिहीबार, आषाढ २५ २०७७

असार,२५ काठमाण्डाैँ । समाजवादी पार्टीकी सांसद सरिता गिरीको सांसद पद गुमेको छ।संघीय संसद सचिवालयले गिरीलाई पार्टी ह्विप उल्लंघन गरेको आरोपमा कारवाही गर्दै सांसद पदबाट हटाउने निर्णय गरेको थियो।

पार्टीले संसद सचिवालयलाई कारवाहीको जानकारी गराएको थियो। संसद सचिवावलयका महासचिव भरतराज गौतमले गिरीलाई पदबाट हटाइएको र उक्त पद रिक्त भएको सूचना प्रकिशत गरेका हुन्।

नेपालको नयाँ नक्साको गिरीले विरोध गरेकी थिइन्। उनले सरकारले लिम्पियाधुरा समेटिएको नयाँ नक्सालाई संविधानको निशान छापमा समेट्न ल्याइएको संविधान संशोधनको पक्षमा मत हाल्न पार्टीले लगाएको ह्विप उल्लंघन गरेकी थिइन्।

त्यस्तै गिरीले विधेयकको विरोधमा संशोधन समेत दर्ता गराएकी थिइन्।