साउन,३ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारेका छन् ।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुको दबावका बावजुद प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने अडान लिइरहेका ओलीले महाधिवेशनको नयाँ प्रस्ताव अघि सारेका हुन् ।शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीले पार्टीको एकता महाधिवेशन मंसिरमै गर्ने प्रस्ताव राखेका हुन् ।