ओलीले भने– मलाई सबैतिरबाट आक्रमण भयो, सहयोग गर्नुस्

image
बुधबार, आषाढ १७ २०७७

असार,१६ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सहयोग गर्न नेताहरुलाई आग्रह गरेका छन् ।

पार्टी नेतृत्वले राजीनामा मागेपछि प्रधानमन्त्री ओलीले आफू निकटका साथै पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल पक्षका केही नेताहरुलाई बालुवाटारस्थित निवासमा बोलाएर बुधबार विहान छलफल गरेका थिए ।

पूर्व माओवादीका रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्ट पनि छलफलमा सहभागी थिए । छलफलमा प्रधानमन्त्री ओलीले आफूलाई साह्रै अपमानित गर्ने काम भएको भन्दै सहयोग गर्न नेताहरुलाई आग्रह गरेका थिए । आफूलाई सबैतिरबाट आक्रमण भएको भन्दै ओलीले नेताहरुसँग सहयोग मागे ।

तर उनले कुन कदम चाल्न लागेको भन्ने नखुलाएको एक नेताले अनलाइनखबरलाई बताए ।

बैठकमा बादल, ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल बोलेका थिएनन् । अरुले भने पार्टी एकता जोगाउने मूल्यमा मात्र सहयोग गर्न सक्ने बताएका छन् ।