साउन,एजेन्सी। साउदी अरबका राजा सलमान बिन अब्दुल अजिजको पित्त थैलीमा समस्या आएपछि अस्पताल भर्ना हुनुभएको छ। बीबीसीले साउदीको सरकारी समाचार एजेन्सी एसपीएलाइए उदृत गर्दै पित्त थैलीमा समस्या आएपछि रियादको किङ फैसल स्पेशलिस्ट अस्पतालमा भर्ना गरिएको बताएको छ ।
साउदीका शासक सलमान विश्वकै सबैभन्दा धेरै तेल आयात गर्ने मुलकका राजा हुनुहुन्छ । उहाँको पित्तशैली सुन्निएका कारण जलन हुने समस्या देखिएको समाचारमा जनाइएको छ । उहाँ ५० वर्षसम्म रियादको गभर्नर पनि रहनुभएको थियो ।
उहाँ साउदीका असल शासकको रुपमा स्थापित भइसक्नुभएको छ । सलमानले शासन अवधिमा साउदी अरबमा विभिन्न प्रकारको सुधार ल्याउनुभएको छ ।