विमान दुर्घटनामा परेर निधन भएका व्यक्त्तिमा कोरोना पोजेटिभ

image
शनिबार, श्रावण २४ २०७७

साउन, २४एजेन्सी । भारतकाे केरला राज्यमा भएकाे विमान दुर्घटनामा परी मृत्यु भएकाहरु मध्ये एक जनामा कोरोना संक्रमण पुुुुुष्टी भएको छ । सरकारी अस्पताललाई उद्दित गर्दै बिबिसी हिन्दीले मृतकमा कोरोना पोजिटिभ रहेको कुरा उल्लेख गरेको छ ।

एयर इन्डिया एक्सप्रेसको जहाज केरलाकाे कोझिकोड विमानस्थलमै दुर्घटनामा परेको मलापुरम जिल्लाका जिल्ला अधिकारी के गोपाल कृष्णले जानकारी दिए । शुरुमा १७ जनाको मृत्युको खबर आएपनि घाइते मध्ये थप एक जनाको मृत्यु भएपछि कुल मृतकको संख्या १८ पुगेको हो ।

घटनामा परी विमान चालक दीपक साथे र उनका सह चालक अखिलेश कुमारको पनि मृत्यु भएको छ । विमानमा चालक दलका छ सदस्य र १८४ यात्रुहरू थिए । घाइतेहरूलाई उपचारका लागि क्यालिकट तथा मलापुरममा रहेका अस्पतालहरूमा पुर्याइएको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार घाइतेहरु मध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ ।