अनलाइन सेयर कारोबार गर्न लगानीकर्ताले अब घरबाटै

image
मङ्गलबार, भाद्र ९ २०७७

भदौ, ९ काठमाडौं । अनलाइन सेयर कारोबार गर्न लगानीकर्ताले अब घरबाटै आफ्ना विवरणहरु भरेर पठाउन सक्ने भएका छन् ।अनलाइन कारोबार गर्न आवश्यक युजरनेम र पासवर्ड लिन लगानीकर्ताहरु ब्रोकर कार्यालयसम्म धाउनु नपर्ने भएको छ । यसैगरी अनलाइनमार्फत नै ग्राहकको पहिचान पनि अद्यावधिक गर्न सकिने भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले सबै ब्रोकर कम्पनीहरुको टीएमएस लिंकमा अनलाइन रजिष्ट्रेसन गर्न सक्ने सुविधा उपलब्ध गराएको छ ।नयाँ व्यवस्थाबाट अनलाइन प्रयोगकर्ता बढाउन सहयोग पुग्ने नेप्सेले जानकारी दिएको छ । हाल कोरोना भाइरस संक्रमण बढी रहेकाले घरमै बसेर भौतिक दुरी कायम गरी सेयर कारोबार गर्न यसले सहयोग पुग्ने अपेक्षा नेप्सेको छ ।