अप्परसोलु हाइड्रोइलेक्ट्रिक कम्पनीको आजदेखि आइपिओ खुल्ला

image
सोमबार, आषाढ २० २०७९

काठमाण्डौ‍ - अप्परसोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण शेयरको निष्काशन गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित रु १९ करोड ५७ लाख ५० हजार मूल्य बराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गरेको हो ।     

 कम्पनीले कूल निष्काशनको दुई प्रतिशतले हुने ३९ हजार १५० कित्ता कर्मचारीलाई र पाँच प्रतिशत अर्थात् ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइ बाँकी १८ लाख २० हजार ४७५ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको छ । 

 सार्वजनिक आह्वान पत्रानुसार सर्वसाधारणले यही असार २३ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउनेछन् ।