नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको दाबी गर्दै निगमले ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँ, पेट्रोलमा २ रुपैयाँ, डिजेल र मटितेलमा २/२ रुपैयाँ बढाएको हो ।
जुलाई १ मा 'भारतीय आयल कर्पोरेसन्स (आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार १५ दिनमा १ अर्ब १० करोड रुपैयाँ घाटा हुने देखिन्छ ।
मंगलबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनमा नयाँ मूल्य कायम गरेको आयल निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार ‘नयाँ मूल्यसूचीअनुसार प्रतिसिलिण्डर ग्यासमा २५ रुपैयाँ बढाएर १४ सय २५ रुपैयाँ, पेट्रोलमा २ रुपैयाँ बढाएर १ सय २९ रुपैयाँ, डिजेल र मटितेलमा २/२ रुपैयाँ बढाएर १ सय १२ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ बढाएर ८४ रुपैयाँ, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १९ डलरले बढाएर ७ सय ५४ रुपैयाँ कायम भएको छ ।