अस्पतालले अब कोरोना संक्रमित धान्न नसक्ने अवस्था भो

image
बिहीबार, श्रावण २२ २०७७

साउन , २२ काठमाडौं । सरकारले नेपालमा कोरोना संक्रमणको दर उच्च बनेको भन्दै यही अवस्था कायम रहे अस्पताल र सुरक्षाकर्मीले धान्न नसक्ने चेतावनी दिएको छ ।

स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड नअपनाए एवं हाल देखिएको लापरवाही कायम रहे नेपालमा कोरोना संक्रमणको अवस्था नियन्त्रण बाहिर जाने पनि चेतावनी समेत दिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमितरुपमा आयोजना गर्दै आएको कोभिड १९ प्रेस ब्रिफिङमा हरेक क्षेत्रमा सावधानी अपाउनु पर्ने अवस्था पनि प्रष्ट पारिएको छ ।

‘काठमाडौं उपत्यकामा संक्रमणको दर बढ्यो, अवस्था अप्ठ्यारो आयो’ बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले भने ‘यही अवस्था कायम गरे अस्पतालले धान्न सक्दैनन, उपकरण छैन, स्वास्थ्यकर्मीले पनि पुग्दैन ।’

यस्तै अस्पतालहरुले कर्मचारीलाई सिफ्टमा काम गर्ने व्यवस्था मिलाउन पनि सरकारले निर्देशन दिएको छ । साथै चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीहरुको अनिवार्य लगबुक राख्न पनि निर्देशन दिइएको छ ।