भदौ,१० काठमाडौं ।सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकले ब्याजदर पुनः घटाएको छ ।पछिल्लो पटक बैंकले साउन १२ गते मात्रै ब्याजदर घटाएको थियो ।
भदौ ५ गते बसेको सञ्चालक समितिको १० गते (आज)बाट लागू हुनेगरी ब्याजदर पुनः घटाएको हो ।नयाँ ब्याजदर अनुसार बचतमा २ दशमलप ५० देखि ७ प्रतिशतसम्म कायम गरिएको छ । त्यस्तै कर्जामा ६ दशमलप ५० प्रतिशतदेखि १० दशमलप ७५ कायम भएको छ ।
