२०२१ को सुरुवातमा कोरोनाविरुद्ध करोडौं खोप बजारमा आउने डा . एन्थोनी फाउचीकाे दावि

image
बिहीबार, श्रावण २२ २०७७

 साउन ,२२ एजेन्सी । अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा . एन्थोनी फाउचीले आगामी वर्ष सन् २०२१ को सुरुवातमा कोरोनाविरुद्ध करोडौं खोप बजारमा आउने सम्भावना रहेको दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘हामीलाई निर्माता कम्पनले भनेका छन् कि सन् २०२० को अन्तिमसम्ममा खोपको करोडौं डोज उत्पादन हुनेछ। यस्तो अवस्थामा मलाई लाग्छ, चिज हाम्रो नियन्त्रणमा छ र खोप बनाउने प्रक्रिया सकारात्मक छ। म आशावादी छु तर अहिले केही भन्न सक्दिनँ। किनकि खोपका विषयमा कुनै ग्यारेन्टी दिन सकिँदैन। खोप निर्माण भइरहे पनि मलाई के लाग्दैन भने हामी यसबाट कोरोनालाई निर्मूल नै गर्न लागिरहेका छौं। किनकि कोरोनाजस्तो संक्रामक भाइरस कमै हुन्छ ।’डा। फाउचीले सीएनएनसँग कोरोनाले अमेरिकामा जति विनाश अन्त कतै नगरेको बताए। उनले भने, ‘तर हाम्रा राष्ट्रपति डोनाल्ड ट्रम्प यो कुरा मान्न तयार छैनन्।’ एजेन्सी