सुनको मुल्य तोलामा कतिले बढ्यो ?

image
मङ्गलबार, भाद्र १६ २०७७

भदौ, १६ काठमाडौं  । साताको तेस्रो दिन सुनको मुल्य उकालो लागेको छ ।सोमबारको तुलनामा सुनको मुल्य तोलाको ९ सय रुपैंयाले बढेर ९८ हजार ४ सय मा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो छापावाला सुनको मुल्य ९७ हजार ५ सय मा कारोबार भएको थियो ।

आज बजारमा तेजावी सुनको सुनको मुल्य ९७ हजार ९ सय मा कारोबार भैरहेको छ । अघिल्लो दिन यो मुल्य तोलाको ९७ हजार थियो ।सुनको मुल्य तोलाको ९ सय बढ्दा चाँदीको मुल्य भने प्रतितोला ३० रुपैंयाले बढेको छ । आज चाँदीको मुल्य तोलाको १३ सय ९५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।

यो हप्ता निरन्तर वृद्धि

भाद्र १४ गते आइतबार सुनको मुल्य ९६ हजार ९ सय मा कारोबार भएकोमा दोस्रो दिन सोमबार तोलामा ३ सय ले बढेर ९७ हजार ५ सयमा कारोबार भएको थियो । आज साताको तेस्रो दिन फेरी अघिल्लो दिनको तुलनामा तोलामा ९ सय ले वृद्धि भएर ९८ हजार ४ सय पुगेको हो ।

भाद्र २ र ३ गते १ लाख ४ हजार मुल्य कायम गरेको सुनको मुल्य त्यसपछिका दिनमा भने लाख नाघेको छैन । गत साउन २३ गते सुनको मुल्यले ऐतिहाँसिक रेकर्ड राख्दै प्रतितोला १ लाख ३ हजार ५ सयमा कारोबार भएको थियो ।