केपी ओलीलाई अध्यक्षबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय...

image
मङ्गलबार, पौष ७ २०७७

 पुस, ७ काठमाडौँ । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेकपा अध्यक्षबाट हटाउने निर्णय गरेको छ । अहिले नेकपामा ओली पक्षधर एकातिर र प्रचण्ड नेपाल पक्षधर एकातिर भएर छुट्टाछुट्टै भेला गरिरहेका छन् ।

मंगलबार काठमाडौं बबरमहलको कार्की ब्याङ्केटमा बसेको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए ।

उक्त बैठकमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका ३१० भन्दा बढी सदस्य सहभागी भएको बताइएको छ । सोही केन्द्रीय सदस्यलाई हिसाब गर्ने हो भने प्रचण्ड-नेपाल पक्षमा दुई तिहाइ नेताहरु छन् ।

तर दुवैले आफूमा बहुमत भएको दावी गरिरहेका छन् ।

यसअगाडी बालुवाटारमा आज विहान बसेको ओली पक्षधरको भेलाले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञवालीलाई प्रवक्ता बनाउने निर्णय गरेको थियो ।