साताको पहिलो दिन घट्यो सुनको भाउ...

image
आइतबार​, मङ्सिर २१ २०७७

मंसिर,२१ काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार ९२ हजार ९ सयमा किनबेच भएको छापावाल सुनको भाउ आइतबार २ सयले घटेर ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ।

तेजावी सुनको भाउ ९२ हजार २ सय ५० रुपैयाँ कायम भएको छ । आइतबार सुनको भाउ घटे पनि चाँदी भने स्थिर छ । महासंघका अनुसार गत शुक्रबार १ हजार २ सय १० रुपैयाँ प्रतितोलामा किनबेच भएको चाँदीको भाउ आइतबार स्थिर छ ।