भाटभटेनीमा १० प्रतिशत छुट....

image
बिहीबार, पौष २ २०७७

पुस,२ काठमाडौं ।  भाटभटेनी सुपरमार्केटले कोरोना महामारीले गर्दा मानिसहरुको आर्थिक अवस्थामा असर गरेको भन्दै १० प्रतिशत छुटको घोषणा गरेको छ ।

सुपरमार्केटले आज बिहान एक सूचना जारी गर्दै सम्पूर्ण ग्रोसरी सामानहरु जस्तै दाल, चामल, तेल, मसला, बेकरी, फ्रोजन मासुहरु, टवाईलेट्रिज लगायत सम्पूर्ण खाद्य सामानहरुमा १० प्रतिशत छुट दिइएको जनाएको छ ।

तर चिनी, नुन र पेय पदार्थमा भने छुट दिइएको छैन ।

यो छुट नेपाल अधिराज्यभर रहेका भाटभटेनीमा १८ वटै शाखामा लागू हुनेछ ।