बुधबार सुनको भाउ ५ सय रुपैयाँले बढ्यो....

image
बुधबार, माघ ७ २०७७

माघ, ७ काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ, तोजावी सुन ९२ हजार रुपैयाँ र चादीँ तोलाको १ हजार २ सय ६० रुपैयाँ कायम गरिएको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार, तोजावी ९१ हजार ५ सय रुपैयाँ र चाँदी तोलाको १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।