सोमबार पनि कतिले बढ्यो सुनचाँदीको मूल्य ?

image
सोमबार, माघ १९ २०७७

माघ,१९ काठमाडौं ।  सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ५ सय रुपैयाँ र चाँदी ८० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार ६ सय रुपैयाँ, तेजावी ९२ हजार १ सय रुपैयाँ र चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँ तोकिएको छ ।आइतबार छापावाला सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँ, तेजावी ९१ हजार ६ सय रुपैयाँ र चाँदी १ हजार ३२० रुपैयाँमा कारोबार गरिएको थियो।