अनेरास्ववियुले अध्यादेशकाे विरोध गर्दै प्रधानमन्त्री र नेपालकाे तस्विर जलायाे

image
शुक्रबार​, भाद्र ४ २०७८

हेटौंडा, ०४ भदाै / एमाले निकट विद्यार्थी युनियन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले शुक्रबार प्रधानमन्त्री शेर बहादुर र माधवकुमार नेपालकाे तस्विर जलाएका छन् । सरकारले ल्याएकाे राजनीतिक दलसम्बन्धी अध्यादेशकाे विराेध गर्दै उक्त तस्विर जलाईएकाे हाे । 

कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियु केन्द्रीय सदस्य नवीन मिश्रका अनुसार वर्तमान सरकारलाई हेक्का रहोस गठबन्धन सरकारले अध्यादेश फिर्ता नलिए यो अध्यादेश नै अन्तिम अध्यादेश बन्नुका साथै अध्यादेश फिर्ता नगरे सरकार धेरै दिन नटिक्ने बताए । 

 जिल्लामा रहेका माधव पक्षका साथीहरुलाई मुल पार्टीमा फर्किन अनुरोध गर्दै अनेरास्ववियु केन्द्रीय सदस्य आशिष अस्लामीले अध्यादेश खारेज नगरे अनेरास्ववियु मकवानपुरले ३-४ दिनभित्र संघर्षका कार्यक्रमहरू गरिने बताए । 

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल मकवानपुर संयोजक लक्ष्मण उप्रेती, खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, पार्टी जिल्ला सदस्य  सुनिल लोप्चन, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका सचिव सुरेश बेरोजगार, कोषाध्यक्ष मनोज चौलागाईं लगायतको उपस्तिथि रहेको थियो ।