कर्णाली प्रदेश अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरूमा सोमबार कोरोना संक्रमण पुष्टि भएको प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिए।
८ असार, काठमाडौं । दुबईबाट शुक्रबार हुने दोस्रो चार्टर्ड फ्लाइटमा नेपाल फर्किन शर्मिला रेग्मीले टिकट काटिन् । गर्भवती अवस्थामा रहेकाले उनी स्वदेश फर्कने प्राथमिकताको सूचीमा परेकी थिइन् ।
८ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरस (कोभिड–१९) का अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन्
८ असार, काठमाडौं । चितवनमा थप पाँच जना कोरोना संक्रमित फेला परेका छन् । माडी नगरपालिकामा ४ जना र भरतपुर महानगरपालिकामा १ जना कोरोना संक्रमित फेला परेका हुन् ।
८ असार, काठमाडौं । गण्डकी प्रदेशका दुई जिल्लामा थप २० जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । स्याङ्जामा १२ र नवलपुरमा ८ जना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ५ सय ४० पुगेको छ ।
८ असार, काठमाडौं । ब्राजिलमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । कोरोनाबाट सबैभन्दा धेरै मृत्यु हुने देशहरुको सूचीमा अमेरिकापछि ब्राजिल दोस्रो स्थानमा छ ।
८ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कोभिड–१९ को रोकथाम, उपचार, व्यवस्थापनलगायतका काममा भएको खर्च विवरण सार्वजनिक गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले हालसम्म ५७ करोड ४८ लाख रुपैयाँ खर्च भएको जानकारी दिएको छ ।
५ असार, चितवन । चितवनमा फोक्सोको क्यान्सरका बिरामी रहेका ७४ वर्षीय वृद्ध पनि कोरोना संक्रमण निको भएर घर फर्किएका छन् । उनी शुक्रबार भरतपुर अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएका हुन् ।
७ असार, काठमाडौं । आइतबार थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ हजार २६ पुगेको छ ।