कुनैदिन विश्वले चरम खाद्य संकट झेल्नेछ र भोकमरीको स्थिति आउनेछ । चामल, गहुँ, मकै जस्ता मूख्य खाद्यन्न सर्वत्र अभाव हुनेछ । त्यसपछि पेट भर्न वा बाँच्नका लागि मान्छेले किरा–फट्यांग्रालाई आफनो भोजन बनाउनेछ ।
असार,१४ काठमाडौं । अछाममा क्वारेन्टिनमा बसेर घर गएका एक व्यक्तिको मृत्यु भएको छ । रामारोशन गाउँपालिका–५ स्थित एक विद्यालयको क्वारेन्टिनमा बसेर घर गएका सोही ठाउँका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
क्वारेन्टिनमा गम्भीर स्वास्थ्य समस्या आएपछि भरतपुर अस्पताल लगिएका कैलालीको गौरीगंगा नगरपालिका वडा नम्वर ४ का २२ वर्षीय युवकको अहिलेसम्म उपचार सकेको छैन।
असार,१३ वीरगञ्ज । प्रदेश २ मा थप ३३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । महोत्तरीमा ३० जना र धनुषामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
असार,१३ चितवन । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको शनिबार विहान ६:३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
असार,१२ विराटनगर । विराटनगर महानगरपालिकामा शुक्रबार थप दुई जनामा संक्रमण पुष्टि भएको छ । विराटनगर-६ का ३१ वर्षीय पुरुष र २१ वर्षीय महिलामा संक्रमण पुष्टि भएको हो । उनीहरू श्रीमान् र श्रीमती रहेको पाइएको छ ।
असार,१२ काठमाडौं । दाङमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएको विरामीलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
असार, १२ काठमाडौं । महोत्तरीको बर्दिवास–३ घर भएकी २१ वर्षीया महिलाको उपचारका क्रममा बिहीबार राति ८ः३० बजे मृत्यु भएको अस्पतालका मेसु डा. लक्ष्मण खड्काले जानकारी दिए
वर्तमान मानव समाज मोजमस्ती एवम् ऐशआरमको भोको छ । हरक्षण मोजमस्तीमै भुल्न एवं रमाउने यत्न गरिरहेका देखिन्छन् । यस क्रममा मीठोमसिनो खानेकुरा, आरमपूर्ण दिनचर्या अपनाएको देखिन्छ ।
१८ जना कोरोना सङ्क्रमितलाई घर पठाएको छ । सङ्क्रमितमा १४ दिनसम्म कुनै पनि लक्षण नदेखिएको भन्दै सङ्क्रमितलाई घर पठाइरहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
असार,१२ काठमाडौँ । सरकारले पहिलोपटक झाडापखाला रोक्नका लागि खोप दिने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जन्मदेखि पाँच वर्षमुनिका बच्चालाई झाडापखालाविरद्ध खोप ‘रोटारिक्स’ दिने भएको हो ।
असार,११ काठमाडौं । बिहीबार नेपालमा थप ४ सय ३४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।