शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिकाइ सहजीकरणका लागि विद्यार्थी र विद्यालयलाई आगामी असोजबाट निःशुल्क इन्टरनेट उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ ।
चितवनमा थप ३४ जना कोरोना संक्रमित थपिएका छन् । भरतपुर कोभिड प्रयोगशालामा नमूना परीक्षण गर्दा चितवन जिल्लाका ३१ जनासहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भदौ, २५ काठमाडौं । दुई–दुई वर्षमा हुनुपर्ने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क शिखर सम्मेलन नेपालले सन् २०१४ मा काठमाडौंमा आयोजना गरेयता भएको छैन ।
भदौ, २५ जनकपुरधाम । धनुषामा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार बिहान मृत्यु भएका पुरुषमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो ।
भदौ, २५ काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको महामारी रोकथामका लागि कारागारमा जोखिमपूर्ण अवस्थामा रहेका कैदीबन्दीलाई रिहा गर्न वा सजाय कम गर्न सरकारलाई आदेश दिएको छ ।
भदौ, २५ काठमाडौं । भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा राजन पाण्डे नियुक्त भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरी अस्पतालमा कार्यरत डा पाण्डेलाई भरतपुर अस्पतालको मेसुका रुपमा कामकाज गर्न खटाएको हो।